ठुलोपर्दा डटकम, काठमाण्डौ। सम्भावना मानिएका दुई चलचित्रहरु ‘रुद्रप्रिया’ र ‘ऐश्वर्य’ एकैदिन रिलीज हुने भएका छन् ।
खबरका अनुसार रेखा फिल्मस् को निर्माणमा बन्ने ‘रुद्रप्रिया’ र रमेश उप्रेतीले बनाएको ‘ऐश्वर्य’ एकैदिन आउने भएका हुन् । यि चलचित्रहरु तिहारको छेकोमा आगामी कार्तिक २ मा रिलिज हुनेछन् ।
दशैंमा आउने चर्चाका बीच रेखाले आफ्नो चलचित्र तिहारमा रिलिज सरेको बताएकी छन् । प्रि प्रोडक्सनको काम नसकिएको तथा गीतसंगीत देखि स्कृप्टलाई उत्कृष्ट बनाउन लाग्दा चलचित्र तयार हुन केहि समय थपिने रेखाले बताईन् ।
‘रुद्रप्रिया’मा रेखा थापासँगै अर्पण थापा र सुदर्शन थापाको अभिनय रहनेछ । यो चलचित्रलाई सुदिप भुपाल सिंहले निर्देशन गर्नैछन् ।

लामो समयपछि चलचित्र अभिनयमा फर्किसकेपछि नायक रमेश उप्रेतीले आफैले चलचित्र बनाएका हुन् । उनि निर्मित ‘ऐश्वर्य’मा रमेश उप्रेती र दीपिका प्रसाईंको प्रमूख अभिनय छ । दीपिकाले यसै चलचित्रबाट रजतपटमा पाईला चालेकी हुन् । यो चलचित्र दिवाकर भट्टराईको निर्देशनमा बनेको छ ।