‘द कपिल शर्मा शो’ बन्द हुने अवस्थामा, सोनीले दियो अल्टिमेटम



सुनील ग्रोवरसँग झगडा पछि विवादमा रहेका भारतिय कमेडियन कपिल शर्मालाई समस्याले गाँज्न थालेका छन् । पछिल्ला समाचारलाई आधार मान्दा ‘द कपिल शर्मा शो’ प्रसारण हुने च्यानल सोनी टिभीले उनलाई एक महीनाको अल्टीमेटम दिएको छ ।

च्यानलले कार्यक्रमलाई जसरी भएपनि बचाउन भनिएको छ । नभए उक्त कार्यक्रम बन्द गरिने च्यानलले बताएको छ । भारतिय मीडियामा आएका समाचार अनुसार कपिलले एक महिना भित्रमा च्यानललाई चित्त बुझाउनुपर्नेछ । अन्यथा शो बन्द हुनेछ । दर्शकको घट्दै गएको क्रेजले कपिललाई अप्ठेरोमा पार्नसक्नेछ ।

बताईए अनुसार सुनील ग्रोवर, चंदन प्रभाकर, अली असगर र सुगंधा मिश्रा शोमा फर्किने मुडमा छैनन् । अहिले कपिलको साथमा कीकू शारदा र सुमोना चक्रवर्ती मात्र छन् । नयाँ पात्र स्वरुप राजू श्रीवास्तव समेत शोमा प्रवेश गरेका छन् । तर, सुनील, चंदन, अली र सुगंधा शोमा नआउँदा शो को टीआरपी घटिरहेको छ ।

यही कारणले च्यानलले कपिललाई एक महिनाको अल्टिमेटम दिएको हो । अब यो हेर्न बाँकी छ कि कपिलले आफ्नो शो बनाउन सफल हुनेछन् या छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu