दयाले यसरी घर भित्राए केकीलाई (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ। चलचित्र ‘घामपानी’मा समावेश तामाङ सेलो गीत बिहीबार रिलिज भएको छ । ‘आपालाई मेरो’ बोलको गीतमा चन्द्रकुमार दोङको संगीत र फूलकुमार बम्जनको शब्द सुन्न पाइन्छ ।

दीपेन्द्र लामाद्वारा निर्देशित ‘घामपानी’को यस गीतलाई सञ्जीव वाइबा, फूलकुमार बम्जन र जितु लोप्चनले गाएका छन् । गीतको छायांकन सिन्धुलीको निबुवाटार गाउामा गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीबाहेक प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय हेर्न पाइन्छ । दयाले केकीलाई तामाङ संस्कृति अनुसार घर भित्र्याएको सन्दर्भ गीतले खुलाउँछ ।

‘घामपानी’ फिल्ममा तामाङ सेलो गीत पस्किन पाउँदा खुसी लागेको र गीतमा दुई संस्कृतिको फ्युजनका रुपमा डम्फु र सहनाई बाजाको मिश्रण सुन्न पाइने निर्देशक लामाले बताएका छन् ।

वैशाख १ गते रिलिज हुने ‘घामपानी’मा तामाङ युवक र बाहुन युवतीबीचको अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu