निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा व्याक अगेन’ को रिलिज मिति तोकिएको छ । यो चलचित्र अर्को बर्षको माघ ५ मा रिलिज हुनेछ ।
एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो ‘पिंजडा’ । सोहि फिल्मको नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘पिंजडा व्याक अगेन’ बनाईएको हो ।
वितरक गोपालकाजी कायस्थले रिलिज मिति माघ ५ तय भएको पुष्टि गरेका छन् । फिल्ममा निखिल उप्रेतीसँगै सारा सिर्पाली लिड अभिनयमा छन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्मका एक निर्माता श्रेष्ठ नै हुन् ।
हिमाल केसीले निर्देशन गरेको फिल्म ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण भएको हो ।