‘बाहुबली २’मा प्रभासको ट्रिपल रोल



एजेन्सी। दक्षिण भारतिय एक्टर प्रभास स्टारर निर्देशक एस एस राजामौलीकी मेगाबजेट फिल्म ‘बाहुबली २’ को रिलीज मिति नजिकै छ । रिलीज अगावै यो फिल्मको चर्चा व्यापक छ ।

हालै यो फिल्मसँग जोडिएको नयाँ खबर आएको छ । खबर अनुसार ‘बाहुबली २’मा प्रभासको ‘ट्रिपल रोल’ रहेको छ ।

प्रभासका दुई भूमिका त हामीले जानेकै छौँ । पिता अमरेंद्र बाहुबली उनका छोराको रूपमा महेंद्र बाहुबली अर्थात शिवुडूको भूमिका ‘बाहुबली’मा नै भएका भूमिका हुन् । अब प्रभासको एक रोल थपिएको छ जसमा उनि महेंद्र बाहुबलीका हजुरबाको रोलमा देखिनेछन् । जसको नाम हुनेछ धमेंद्र बाहुबली ।

हाल प्रभासको ट्रिपल रोलको खबर सोशल मीडियामा भाईरल छ । अब हेर्न बाँकी छ कि यो कुरामा कति सत्यता छ । २८ अप्रिलमा रिलीज हुने यो चलचित्रमा प्रभासका अलावा मुख्य भूमिकामा राणा दग्गुबाती, तमन्ना भाटिया, अनुष्का शेट्टी, सत्यराज र राम्या कृष्णन जस्ता कलाकारहरु रहेका छन् ।

‘बाहुबली: द कन्क्लूजन’को ट्रेलर चार भाषा तेलुगू, हिंदी, तमिल र मलयालममा रिलीज भएको थियो । फिल्मको ट्रेलर शानदार छ । तर, ट्रेलर हेरेर दर्शकलाई अझै पनि यो प्रश्नको जवाफ मिलेको छैन कि ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu