बिरामी कलाकार दीपक क्षेत्रीको उपचार शुरु हुँदै



लामो समयदेखी घाँटीमा मासु पलाएर गम्भीर बिरामी परेका नेपाली कलाकार दीपक क्षेत्रीको उपचार शुरु हुने भएको छ । बरिष्ठ नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा. बिके सिन्हाको रहोवरमा क्षेत्रीको उपचार हुने बताईएको छ ।

प्रारम्भिक चरणबाट नै काठमाण्डौको ग्राण्डी इन्टरनेशनल अस्पतालमा बिहिवारदेखी उपचार शुरु हुनेछ । कलाकार क्षेत्रीको उपचारको लागि आर्थीक अभियान चलाएको चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटा, सहकोषाध्यक्ष जिवन पराजुली र कलाकार तथा निर्देशक निर्मल शर्माले बुधवार बिहान दीपकको निवासमा पुगी स्वास्थ्य अवस्थाको जानकारी लिँदै उपचार शुरु हुने जानकारी गराएका छन् ।

हाल दीपकको उपचारको लागि संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका छन् । दुई दिन अगाडीदेखी कलाकार क्षेत्रीको अन्तरवार्ता आएपछि यो बिषयमा चासो बढेको थियो ।

ठुलोपर्दा डटकमले पनि क्षेत्रीको अन्तरवार्ता सार्वजनिक गरेको थियो । अन्तरवार्तामा क्षेत्री डाँको छोडेर रुँदै राज्य तथा चलचित्र सम्बन्धित संघ-संस्थाहरुले आफुलाई वास्ता नगरेको बताएका छन् ।

अन्तरवार्ता हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu