राज्जा-रानीद्वारा क्षेत्रीलाई २ दुई लाख सहयोग



काठमाण्डौ। लामो समय देखि बिरामी परेर थलिएका नेपाली कलाकार दिपक क्षेत्रीलाई चलचित्र ‘राज्जा-रानी’ टिमले आर्थीक सहयोग गरेको छ ।

कलाकारहरु केकी अधिकारी, नाजिर हुसेन तथा निर्माता एम.के. पौडेल र निर्देशक यम थापाले रु २ लाख ११ हजार रकम सहयोग गरेका हुन् । सो रकम उनकै डेरामा पुगेर हस्तान्तरण गरेका हुन् ।

घाँटीमा मासु पलाएको कारणले ४ बर्षदेखि उनको स्वर सुकेको थियो । अब उपचार हुने भएपछी कलाकार छेत्री खुशी देखिएका छन् ।

चलचित्र पत्रकार संघले पनि क्षेत्रीको उपचारका लागि आर्थिक सहयोगको अभियान जारी राखेको छ । विभिन्न सञ्चारमाध्यममा उनको अन्तरवार्ता र समाचार प्रसारण भएपछि संसारभरका नेपालीबाट आर्थीक संकलन अभियान चालिएको थियो ।

हेर्नुहोस् उनको अन्तरवार्ता:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu