स्कूल ग्लोरी नेपालको ट्यालेन्ट शो



जी इलेभेन नेपालद्वारा आयोजित जुनियर स्कूल ग्लोरी नेपाल र स्कूल ग्लोरी नेपालमा सहभागी छात्र-छात्राहरुले आफ्नो प्रतिभा प्रर्दशन गरेका छन् ।

राजधानीको नयाँबजार स्थित सम्राट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा अठाइस स्कूलका जुनियर तर्फ पन्ध्र छात्रा, चार छात्र र सिनीयर तर्फका एघार छात्राले आफ्नो प्रतिभा देखाएका छन् ।

बैशाख ११ गते ग्राण्ड फिनाले हुने प्रतियोगीहरुले महत्वपूर्ण राउण्डमा छात्र-छात्राहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

उनीहरुको प्रतिभालाई सञ्चारकर्मी एम.पी. सुब्बा, गायिका मेनुका राई, नृत्य कोरियोग्राफर भावना कार्की, युवा समाजसेवी-व्यवसायी मदन खनालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अन्तिम प्रतिस्पर्धा राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu