उदयद्वारा चलचित्र संघको पदभार ग्रहण



काठमाण्डौ। नेपाल चलचित्र संघको अध्यक्षमा चयन भएका निर्माता प्रदीप उदयले बिहीवार पदभार ग्रहण गरेका छन् । संघको कार्यालय विशालनगरमा आयोजना भएको एक समारोहका बीच निवर्तमान अध्यक्ष नकिम उद्दिनबाट पद तथा गोपनियताको शपथ खाँदै प्रदीप उदयले आफ्नो पदभार ग्रहण गरेका हुन् ।

दुई महिनाअगाडी हेटौंडामा भएको नेपाल चलिचत्र संघको ४२ औँ साधारण सभाबाट उदय सर्वसम्मत चयन भएका थिए । पदभार ग्रहण गरेपछि प्रदप उदयले आफ्नो कार्यकालमा चलचित्र उद्योगलाई व्यवसायिक, मर्यादित र सम्मानित बनाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘नेपाली चलचित्रसँग आबद्ध सम्पूर्ण संघ संस्थाहरुसँग मिलेर नेपाली चलचित्रक्षेत्रलाई मर्यादित बनाउनतर्फ मेरो पहल कदमी रहनेछ । हामीले एकअर्काको अस्तित्व स्वीकार गर्न नसकेकै कारण चलचित्र क्षेत्र माथी उठ्न नसकेको हो ।’

बक्सअफिस पनि अस्तित्व स्वीकार गर्न नसकेकै कारण लागु हुन नसकेको उदयको भनाई थियो । उनले थपे, ‘हामी बक्सअफिस लागु हुनु पर्छ भन्नेमै छौं तर जबसम्म चलचित्र घरलाई चोरको संज्ञा दिइन्छ तबसम्म हामीहरु बक्सअफिसको विरोध गरिरहन्छौं ।’

उनले अहिले नेपाली चलचित्रमा बढ्दै गएको आर्कषण र लगानी उपलब्धिमूलक बन्ने पनि बताए । नेपालभरि रहेका फिल्म हल संञ्चालकहरुको छाता संगठनका रुपमा चिनिने नेपाल चलचित्र संघ फिल्म क्षेत्रकै सबै भन्दा पूरानो संस्था हो । यो संस्था २०१३ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu