कलाकार प्रदीप सिंहको निधन



नेपाली चलचित्रका कलाकार प्रदीप सिंहको निधन भएको छ । सयौं नेपाली फिल्ममा अभिनय गरेका सिंहको ५१ बर्षको उमेरमा निधन भएको हो ।

सिंहको शुक्रवार साँझ ५ बजे भारतको कलकत्तास्थित ‘कलकत्ता मेडिकल एन्ड रिसर्च सेन्टर’मा उपचारका क्रममा निधन भएको हो । सिंहको पार्थिव शरीरलाई शनीवार दिउँसो ३ बजे नेपाल ल्याईदैछ । ‍एक घण्टा प्रज्ञा प्रतिष्ठानमा श्रदाञ्जलीका लागि राखेपछि आज साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताईएको छ ।

वि.सं. २०१५ साल असार १४ गते काठमाडौंको बौद्धमा जन्मिएका कलाकार सिंहको एक छोरा, दुई छोरी र श्रीमती छन् । सिंह लामो समयदेखी मृगौलाबाट पीडित थिए ।

सिंहले फिल्म ‘चिनो’ बाट अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि उनले देउता, दुई थोपा आँसु लगायतका सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् भने निर्देशक तुलसी घिमिरेसँग मिलेर उनले फिल्मसमेत निर्माण गरेका थिए ।

‘ठुलोपर्दा डटकम’ परिवार स्वर्गीय प्रदीप सिंहको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu