दीपक क्षेत्री उपचार सहयोग: NMWR द्वारा ९५ हजार र नेदरल्याण्डबाट ६१ हजार



काठमाण्डौ। स्वासनलीमा मासु पलाएर लामो समयदेखी थलिएका नेपाली कलाकार दीपक क्षेत्रीको सहयोग अभियानमा चलचित्र पत्रकार संघ नेपाललाई सहयोग प्राप्त हुने क्रम जारी छ । यसै क्रममा फेसबुकमा सक्रिय ग्रुप NMWR द्वारा रु. ९५ हजार संघलाई प्राप्त भएको बताईएको छ ।

उक्त ग्रुपमा आवद्द संसारभरका नेपालीहरुले रकम जम्मा गरी चलचित्र पत्रकार संघ नेपाललाई संघकै कार्यालयमा पुगी हस्तान्तरण भएको हो । संघका अध्यक्ष सन्दिप सापकोटाले उक्त ग्रुपलाई धन्यवाद व्यक्त गरे भने ग्रुपका सदस्यहरुले आफुहरुले संकलन गरेको रकम सहि रुपमा उपचारमा खर्च गर्न अनुरोध गरे ।

त्यस्तै, संसारभरका नेपालीहरुबाट आ‍-आफ्नै तवरले आर्थीक सहयोग गरिरहेका छन् । यसैक्रममा कलाकार क्षेत्रीको निवासमा नै पुगेर नेदरल्यान्ड बाट रु. ६१ हजार प्रदान भएको छ। हिमाल गुरुंग, नायिका बर्षा खड़का र राजू गुरुंगले उक्त रकम संकलन गरेका हुन् । हिमाल गुरुंग नेदरल्यान्ड एनआरएनका अध्यक्ष समेत हुन् ।

हेर्नुहोस् दीपक क्षेत्रीसँगको कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu