‘पर्व’को ट्रेलर ट्रेन्डिंग नम्बर १ मा, निर्देशक भए खुशी



काठमाण्डौ। जेठ १२ गतेबाट रिलीज हुने नेपाली चलचित्र पर्वको ट्रेलर बुधवार नेपालको लागी यूट्युबमा ट्रेन्डिंग नम्बर १ मा परेको छ । देशभरका हलमा एकसाथ रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’को ट्रेलर सार्वजनिक भएको २ दिनपछि चलचित्रको ट्रेलरले नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थान कब्जा गरेको छ ।

यस बिषयमा बोल्दै निर्देशक दिनेश राउतले भनेका छन्, ‘नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थानमा पुग्दा खुशी त लागेको छ नै । मलाई त्यो भन्दा पनि दर्शकले दिनु भएको प्रतिक्रियाले अझ बढी उत्साह थपेको छ ।’ गोपिकृष्ण टीभी फिल्मीको निर्माण र सुवास इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास गिरी र निकिता पौडेलले यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रको ट्रेलरमा प्रेम, रोमान्सको साथमा सस्पेन्सलाई महत्व दिइएको छ ।

चलचित्रमा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले पनि युटुबमा लामो समयदेखि हंगामा मच्चाइरहेको छ । गीत र ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया आएपछि अहिले यसको निर्माणपक्ष उत्साहित देखिएको छ ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu