छाउपडी पीडित बनिन् नीता (भिडियो)



काठमाण्डौ। बि.सं. २०३१ सालको कथालाई लिएर चलचित्र ‘पञ्चायत’ बनेको छ । शिवम अधिकारीले निर्देशन गरेको यो चलचित्रको टीजर सार्वजनिक भएको छ ।

टीजरमा नायिका नीता ढुंगाना, जाहान्वी बस्नेत र सरोज खनाललाई देख्न सकिन्छ । यो चलचित्रको यहि जेठ १८ गते चितवनमा रेड कार्पेट प्रिमियर हुने निर्माता रवि अधिकारीले बताएका छन् । चलचित्रको अमेरिका साथै अन्य विभिन्न देशमा समेत प्रदर्शन हुनेछ । र अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा समेत सहभागीता रहनेछ ।

चलचित्रमा सरोज खनाल र नीता ढुंगानाको प्रमूख अभिनय छ । रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।

छाउपडी प्रथामा बनेको यो चलचित्र फागुन १८ गते नेपालमा रिलीज हुनेछ । संचारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको यस चलचित्रलाई गणेश गिरीको प्रस्तुतीमा निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन् ।

टीजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu