जापानमा देखाईयो ‘सायद २’



असार ३० गते नेपालमा रिलीज हुने नेपाली चलचित्र ‘सायद २’को जापानमा बिशेष प्रदर्शन भएको छ । जापानको लागि नेपाली कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल सहित करिव ५०० भन्दा बढि दर्शकले चलचित्र ‘सायद २’ हेरेको बताईएको छ ।

चलचित्र हेरेपछि कार्यबाहक राजदुत अर्यालले चलचित्र उत्कृष्ट भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे । एन.आर.एन. जापानका अध्यक्ष सुधन थापाले यूवा पुस्ताको वास्तबिक कथा उठाएको बिषय आफूलाइ एकदमै मन परेको बताएका छन् । चलचित्र प्रदर्शनको लागी निर्मात्री दुर्गिस थापा, निर्माता सुनिल रावल, नायक शुशिल सिटौला, सन्चारकर्मि श्याम अर्याल र सचित खड्का सहितको टोलि जापान पुगेको थियो ।

पुष्पराज न्यौपानको निर्देशनमा तयार चलचित्र ‘सायद २’ लाई सुनिल रावल, इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu