८० बढी हलमा ‘डायरी’ रिलिज



काठमाण्डौ। नेपाली चलचित्र ‘डायरी’ शुक्रबारदेखि अल नेपाल रिलिज भएको छ । रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंह स्टारर यो चलचित्र ८० भन्दा बढि हलहरुमा प्रदर्शन भएको बताईऐको छ । अनिल योञ्जन निर्देशित ‘डायरी’ रिभेञ्ज लभ स्टोरी फिल्म हो ।

एफडी कम्पनीले मोफसल वितरण लिएको ‘डायरी’ त्यहााका करिब ६५ वटा हलहरुमा लागेको छ भने राजधानीका करिब दुई दर्जन हलहरुमा लागेको छ । सोलो रिलिजको मौका पाएको फिल्मले दर्शकलाई हलमा आकर्षण गर्ने अपेक्षा गरिएको छ ।

‘डायरी’ को ट्रेलरले दर्शकको मन जितेको छ । शिवराज श्रेष्ठको सिनेम्याटोग्राफी रहेको फिल्ममा राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन छ । फिल्मको कथा लेखन छेतेन गुरुङको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu