पत्रकारलाई गाली गरेका कटप्पासहित आठ कलाकारविरुद्द पक्राउ पुर्जी



भारतको तमिलनाडुको एक अदालतले आठ तमिल चलचित्र कलाकारविरुद्ध गैरजमानती पूर्जी जारी गरेको छ । मंगलबार पुर्जी जारी हुने कलाकारहरुमा बाहुबलीमा कटप्पाको भूमिकामा देखिएका अभिनेता सत्यराज सहित सुपरस्टार सूर्या, आर शरतकुमार, श्रीप्रिया, विवेक, विजय कुमार, अरुण विजय र चलचित्र निर्देशक चेरन छन् ।

तमिलनाडुको निलगिरी क्रिमिनल कोर्टले यी कलाकारहरुविरुद्ध गैरजमानती पूर्जी जारी गरेको हो । मानहानीको एक मुद्दामा अदालतमा उपस्थित नभएको कारण पुर्जी जारी भएको बताईएको छ ।

उनिहरुका विरुद्ध एक पत्रकारले मानहानीको मुद्दा दायर गरेका थिए । सन् २००९ मा यस ममिलामा तमिलनाडुको एक अखबारमा छापिएको लेखको दक्षिण भारतीय फिल्म कलाकारहरुको छाता संगठनले निन्दा गरेको थियो । देहव्यापारको एक मुद्दामा प्रहरीले फिल्म अभिनेत्री भुवनेश्वरीलाई पक्राउ गरेपछि एक अखबारले यस पेशामा जुडिएको भन्दै केही अभिनेत्रीहरुको सूची नै प्रकाशित गरेको थियो । यो बिषयलाई लिएर निकै विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu