काठमाण्डौ। अर्को साता रिलीज हुने नेपाली चलचित्र ‘लाल्टिन’ टिमले पशुपति, संकटा लगायतका क्षेत्रमा रहेका बृद्ध, असहायलाई कपडा वितरण गरेको छ । चलचित्रका निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसी, कलाकारहरु निर्जन थापा, राज कटुवाल साथै गायक बिनोद ढकाल लगायत अन्य टिमको उपस्थिति रहेको थियो ।
‘लाल्टिन’ टिमले यस खालका समाजसेवालाई अन्य दिनमा पनि निरन्तरता दिइने बताएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग साही, जनक बर्तौला, ए. गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र जेष्ठ २६ गते प्रर्दशनमा आउदैछ ।