ओलीलाई मन पर्‍यो विल्सनको ‘रातो घर’



पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले विल्सन विक्रम राई (तक्मे बुढा) अभिनित चलचित्र ‘रातो घर’ हलमै पुगेर हेरेका छन् । बिहिबार कमलपोखरीस्थित बिग मुभिजमा फिल्म हेरेपछि अध्यक्ष ओललीले ‘रातो घर’ राम्रो बनेको प्रतिक्रिया दिए । उनले पत्रकारसँग कुराकानी गर्दै भने, ‘चलचित्रले पैसाको लागि कालो काम गर्नेले व्यहोर्नु पर्ने दुखलाई रमाईलो ढंगले देखाइएको छ । मलाई फिल्म निकै मन पर्यो ।’ त्यस्तै, उनले ‘रातो घर’ को रोमान्स र एक्सनले आफूलाई प्रभावित पारेको प्रतिक्रिया दिए ।

 

ओली सहित ‘रातो घर’ हेर्न पुर्व सभामुख सुवास नेम्वाङ, एमाले नेता प्रदीप ज्ञावली लगायत नेताहरु बिग मुभिज पुगेका थिए । यस्तै, निर्माता छविराज ओझा, निर्देशक दिपाश्री निरौला, कलाकारहरु जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, गायक रामकृष्ण ढकाल, नायिका आश्मा डिसी लगायत उपस्थित थिए ।

गएको शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको फिल्म ‘रातो घर’ को विजनेश सुखद रहेको निर्देशक सुरज सुब्बा ‘नाल्बो’ बताउँछन् । ‘रातो घर’ मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर, माला लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।

मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको ‘रातो घर’ का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ‘रातो घर’ मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ । फिल्मले ‘कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu