‘लाल्टिन’को ‍सुरुवात राम्रो



काठमाण्डौ। शुक्रवारबाट प्रर्दशनमा आएको चलचित्र ‘लाल्टिन’ले शुरु दिनबाट नै आक्रामक सुरुवात गरेको निर्माण पक्षके बताएको छ ।

काठमाडौँका सबै जसो हल र उपत्यका बाहिर गरेर करिब ८० वटा हलमा प्रर्दशन भएको ‘लाल्टिन’ले दर्शकको उत्साहजनक प्रतिक्रियासंगै सुखद ब्यापारको सुरुवात गरेको छ । काठमाडौँको क्युज, बिग मुभिज, बि.यास. आर मुभिज लगायतको हल हाउस फुल रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र हेर्ने दर्शकबाट राम्रो प्रतिक्रिया आएको कारण भोलि शनिबार थप उत्साहजनक उपस्थिति रहने अनुमान गरिएको छ ।

दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतको अभिनय रहेको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीको संयुक्त लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu