कार्तिकमा आउनेछ हसनको ‘रोमियो’



काठमाण्डौ। बैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनकै कारण प्रदर्शन मिति सारिएको चलचित्र ‘रोमियो’ अब कात्तिक १७ गतेबाट रिलिज हुने भएको छ । यसअघि वैशाख २९ गते रिलिज हुने भनिएको थियो ।

निर्माता तथा नायक हसन खानका अनुसार अब यो मितिबाट चलचित्र पछि सर्नेछैन । उनले भनेका छन्, ‘हामीले वैशाख २९ गते नै रिलिज गर्ने तयारी गरेका थियौ । तर, स्थानिय निर्वाचनका कारण चलचित्रको प्रदर्शन मिति सार्नुपर्‍यो । अब, कात्तिक १७ मा चलचित्र रिलिज हुन्छ ।’

शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो हिट भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu