यस्ता छन् कस्तुपका ‘झुम्रे ज्वाईँ’ (भिडियो)



काठमाण्डौ। कहिलेकाहीँ ‘विदेशबाट घर फर्किँदा श्रीमती र सम्पत्ति अर्कैको’, ‘विदेशबाट घर फर्किँदा गर्भमा अर्कैको नासो भेटेपछि’ जस्ता शिर्षकमा समाचारहरु देख्न पाईन्छ । यसो हुनुको कारण के-के हुन् सबैले आ-आफ्ना तर्क दिन्छन् ।

स्वदेशमा बेरोजगारीको पीडामा उदांगिएका युवाहरु बिवाह लगत्तै विदेश जानुको पीडाको साथमा फर्केर आउँदा उल्लेखित समाचार शिर्षकहरुमा भनिएजस्ता घटना हुँदा उनको मनमा के बित्दो हो सहजै अनुमान लगाउन सकिन्छ । यो एकथरी कुरा रह्यो, अर्कोतिर विदेशमा श्रीमानले कमाएको पैसाले नेपालमा मोजमस्ती गरेर हिँड्ने, घर लथालिंग बनाउने जस्ता घटनाहरु पनि भईरहेको सुन्न पाईन्छ ।

यस्तै जल्दो-बल्दो बिषय उठान गरी गायक, रचनाकार तथा संगीतकार कस्तुप पन्तले तीज गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘झुम्रे ज्वाईँ’ बोलको गीतमा सोझो ज्वाईँले खाडीमा कमाएको पैसामा लोभी सासु र आधुनिक श्रीमतीले गरेको मोजमस्ती देखाईएको छ ।

सारथी म्यूजिकको प्रस्तुतीमा रहेको गीतमा कस्तुप पन्त र देवि घर्ती मगरको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत कस्तुपको नै रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सुरविर पण्डित, राधा लम्साल, सुस्मिता कार्की, अशोक पौडेल, तिलक तामाङ्, जनक बास्तोला र बाल कलाकार आश्चर्य पन्तको अभिनय छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu