वर्षा आएकी हुन् मेरो लाइफमा : सुशील श्रेष्ठ



काठमाण्डौ। यही असार १६ गतेबाट वर्षा सिवाकोटी र सुशील श्रेष्ठ अभिनित फिल्म ‘कारखाना’ रिलिज हुँदैछ । यसअघि सार्वजनिक भएको फिल्मको ट्रेलर र मायाले बोलको गीतलाई दर्शकहरुले निकै रुचाइरहेका छन् । गीतका कारण पनि कारखानाले बजारमा आफ्नो छुट्टै हाइप बनाइसकेको छ । ‘होस्टेल रिर्टन्स’बाट नेपाली रजतपटमा भित्रिएका सुशील श्रेष्ठ र ‘नाई नभन्नू ल २’बाट भित्रिएकी वर्षा सिवाकोटी अभिनित फिल्म ‘कारखाना’ लभस्टोरी र एक्सनप्रधान रहेको निर्माणपक्षको दाबी छ । फिल्ममा वर्षा र सुशीलका अलावा नविन लम्साल, जेविका कार्की, विकास उप्रेतीको अभिनय देख्न सकिन्छ।

आधा दर्जन बढी चलचित्रमा काम गरेरपनि अझै सफलताको मिठ्ठो स्वाद चाख्न नपाएकी वर्षाका लागि ‘कारखाना’ चल्नै पर्ने देखिन्छ । उनले यो फिल्ममा सुशीलको अपोजिटमा काम गरेकी छिन् । नायक सुशील पनि फिल्म ‘कारखाना’ले आफूलाई थप सफलता दिलाउनेमा विश्वस्त देखिएका छन् । उनी भन्छन्, ‘कारखानाले जून विषयवस्तु उठाएको छ त्यो अहिलेसम्म दर्शकहरुले कुनैपनि फिल्ममा देख्न पाउनुभएको छैन् । मैले यसअघि फिल्ममा गरेको भूमिकाभन्दा ‘कारखाना’मा निकै फरक छ । केही काम नगर्ने, साथीहरुसँग रमाइलो गर्नुपर्ने र साथीभाईका लागि जे पनि गर्न तयार हुने भूमिका मैले चलचित्रमा निर्वाहा गरेको छु ।’

‘ट्रेलर हेर्दा वर्षालाई तपाईले भगाउनु भएको जस्तो देखिन्छ नी ?’ भन्ने ‘ठूलोपर्दा डटकम’को प्रश्नमा उनी भन्छन्, ‘होइन, मेरो लाइफमा चाहिँ वर्षा आएकी हुन् । चलचित्रमा वर्षालाई म मनपर्छ अनि त्यसपछि उनको जीवनमा कयौं उचारचढाव आउँछ ।’ दयाराम दाहाल, सुशील पोखरेल र अमरदीप सापकोटाको संयुक्त प्रयासमा लेखिएको पटकथालाई अमरदीपले नै निर्देशन गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu