विदेशी दर्शकका लागि ‘धनपति’मा सव-टाइटल



काठमाण्डौ। यही असार २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘धनपति’मा अंग्रेजी सव-टाइटल राखिने भएको छ । तर, यो अंग्रेजी सव-टाइटल राखिएको ‘धनपति’ काठमाडौंमा रहेको कुमारी हलमा मात्र प्रदर्शन हुनेछ । विदेशीहरुले ‘धनपति’ हेर्ने इच्छा व्यक्त गरेका कारण अंग्रेजी सव-टाइटल राखेर चलचित्र रिलिज गर्न लागेको निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए ।

उनले भने, ‘नेपालमा लामो समयदेखि रहँदै आएका विदेशीहरुले नेपाली चलचित्र हेर्न चाहेका कारण हामीले कुमारी हलमा मात्र अंग्रेजी सव-टाइटल राखेर ‘धनपति’ रिलिज गर्न लागेका हौं । विभिन्न कुटनीतिक नियोगका कर्मचारीहरुलाई अंग्रेजी सव-टाइटल नभएपछि नेपाली चलचित्र हेर्न निकै गाह्रो हुँदो रहेछ । युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालमा विदेशीहरुले अंग्रेजी सव-टाइटलमा चलचित्र ‘धनपति’ हेर्ने इच्छा व्यक्त गर्नुभएको छ । त्यसैले नै हामीले ‘धनपति’ अंग्रेजीमा सव-टाइटल राखेर रिलिज गर्न लागेका हौं ।’

यसअघि ‘पशुपतिप्रसाद’ निर्माण गरेकै ब्यानर टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्सनले संयुक्त रूपमा बनाएको ‘धनपति’ मा पनि ‘पशुपति प्रसाद’ कै खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेको पनि चलचित्रमा मुख्य भूमिका छ ।

ओम गुरुङ सहायक निर्माता रहेको चलचित्रमा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा छन् । चलचित्रमा सूर्य थोकरको एक्सन, आधासुरको संगीत, दिर्घ खड्काको सम्पादन, दीपेन्द्र के खनालकै छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu