‘कुटुमा कुटु’लाई युट्युबमा ५० लाख बढि भ्यूज



काठमाण्डौ। चलचित्र ‘२ रुपैयाँ’को चार हप्ता अगाडी सार्वजनिक भएको गीत ‘कुटुमा कुटु’लाई युट्युबमा ५० लाख पटक बढि हेरिएको छ । यो गीतले विश्व संगीत दिवसको दिन नै ५० लाख भ्यु क्रस गर्न सफल बन्यो ।

राजनराज सिवाकोटीको शब्द/संगीत बनेको यो गीतमा मेलिना राई, राजन इशान र संगीतकार स्वयम्को स्वर समावेश छ । असिम शाह निर्देशित ‘दुई रुपैयाँ’मा समावेश गीतलाई पछिल्लो समय दर्शकले रुचाएका छन् । निश्चल बस्नेत, बुद्दी तामाङ, असिफ शाहको मुख्य भूमिका रहेको ‘दुई रुपैयाँ’ भदौ २३ मा रिलिज हुदैछ ।

नेपाली चलचित्रको गीतको प्रसंगमा यूट्युबमा सर्वाधिक हेरिएको ‘सुर्के थैली’लाई करिब २ करोड पटक हेरिएको छ । यो गीत चलचित्र ‘वडा नंवर छ’मा समावेश छ । त्यस्तै अर्को गीत ‘ठमेल’ बजार’ले डेढ करोड भ्यु क्रस गरेको । यो गीत चलचित्र ‘लुट २’को हो ।

हेर्नुहोस् ‘कुटुमा कुटु’:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu