साइँली घुमाउँदै दीपक (भिडियो)



काठमाण्डौ। हेमन्त रानाको स्वरमा रहेको सुपरहिट गीत ‘सुन साइँली’ समावेश गर्दै नेपाली चलचित्र ‘छक्का पन्जा २’को नेम सिक्वेल ‘छक्का पन्जा २’को टीजर सार्वजनिक भएको छ । असोज ११ रिलिज हुने यो चलचित्रको टीजरमा दुई मुख्य कलाकार बुद्धि तामाङ र दीपकराज गिरी देखिएका छन् ।

बुद्धिले राजा उर्फ दीपकराज गिरीसँग सोध्छन्,’एउटा कुरा सोधु राजा ।’ दीपकराज गिरी भन्छन्, ‘भन् ।’ बुद्धि प्रश्न गर्छन, ‘यो साइँलीको पोइले त साह्रो टेन्सन पो दियो त हौउ । फेसबुक तिर जताततै ४० कटेसी फर्किएर आएर गाउँमा रमाउला पो भन्दैछन् त हौउ ?’ बुद्धिको प्रश्नको उत्तर दिँदै दीपकराज भन्छन्, ‘भनेर के भयो त्यो चालिस कटेपछि रमाउन्या हो त्योभन्दा अगाडि त मैले घुमाउन्या हो ।’ बुद्धि, ‘हैट । राजा त अहिलेसम्म सुध्रेको छैन कि क्या हो ?’ दीपकराज भन्छन्, ‘म सुध्रेको नसुध्रेको थाहा पाउन असोज ११ गते था’पाउन्या छ ।’

स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । ‘नाई नभन्नू ल’ फेम निर्देशक विकासराज आचार्यको कथा रहेको यो फिल्ममा उनी नै कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी छ ।

टीजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu