परिवारका चाहना पुरा गर्न नसकेको भन्दै रंगपत्रकारद्वारा आत्महत्या



काठमाण्डौ। रंग पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रबार साँझ करिब चार बजे आफ्नै डेरामा कपडाको पासो लगाएर आत्महत्या गरेको बताईएको छ ।

५३ वर्षिय पत्रकार सविन शाक्यले परिवारको नाममा एउटा पत्र लेखेको ब्ल्याक डायरीका निर्माता अनोज अधिकारीले बताएका छन् । सुसाइड नोटमा परिवारको चाहना पुरा गर्न नसकेको लगायतका कुराहरु लेखेको बताईएको छ ।

उनको शवलाई हाल टिचिङ अस्पतालमा राखिएको छ । उनका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । लामो समयदेखी पत्रकारिता गरिरहेका सविन काठमाण्डौको गौरीघाटमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu