आर्यन र अशिष्मा एकसाथ



काठमाण्डौ। नायिका अशिष्मा नकर्मी अभिनित फिल्म ‘राधे’ यस वर्षको बैशाख १ गते रिलिज भएको थियो । ‘राधे’ले व्यवसायिक सफलता हात नपारेपनि अशिष्माको भूमिकालाई दर्शकहरुले निकै रुचाएका थिए । अब उनी

नायिका अशिष्मा नकर्मी अभिनित चलचित्र ‘संरक्षण’ साउन २७ गतेबाट प्रदर्शनमा आउँदैछ । नेपाली चलचित्रमा अशिष्माको व्यस्तता विस्तारै बढ्दै गएको छ । ‘संरक्षण’ रिलिज अगाडी नै नायिका अशिष्माले नयाँ चलचित्रमा अभिनय गर्ने भएकी छन् ।

म्यूजिक लभस्टोरीमा बन्ने ‘जस्मिन’ नामक चलचित्रमा अशिष्माले यसै बर्ष नव-नायकको अवार्ड हात पारेका आर्यन अधिकारीसँग जोडी बाँध्नेछिन् । आर्यनले गएको वर्ष रिलिज भएको फिल्म ‘के म तिम्रो होइन र’ बाट नेपाली चलचित्रमा पाइला राखेका थिए ।

‘जस्मिन’ लाई ‘रोमियो’ निर्देशक शंकर कार्कीले निर्देशन गर्नेछन् । चलचित्र असार अन्तिम साताबाट फ्लोरमा जाने तयारी भैरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu