काठमाण्डौ। यूएइका विभिन्न शहरमा प्रदर्शन भएको नेपाली चलचित्र ‘मेरी कुसुम’ अब नेपालमा रिलीज हुने भएको छ । चलचित्र साउन ६ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।
कलाकार तथा निर्माता मोहन बोगटीले नेपालमा पनि यूएईमा जसरी नै माया पाउनेमा विश्वस्त रहेको बताएका छन् । मोहनले भने-‘दुबई, अवुधाबी लगायतका राज्यमा चलचित्र हेरेपछि दर्शकले उत्कृष्ट भन्नुभएको छ । हामीले, यूएइबाट नै लगानीको केही प्रतिशत रकम सुरक्षित गरिसकेका छौ । अब, नेपालबाट लगानी सुरक्षित हुनेमा ढुक्क छौ ।’
एनआरएन घिमिरेले निर्देशन गरेको यो चलचित्रमा मोहन बोगटी र हषिर्का श्रेष्ठको मुख्य भूमिका छ । सुनिता शर्मा बोगटी र रविन्द्र कुँवरले मिलेर यो चलचित्रको निर्माण गरेका हुन् ।