पललाई देख्दा यूवतीका आँखामा आँशु, ‘म यस्तो गीत गाउँछु’ हेर्न दर्शकको भिड (भिडियो)



काठमाण्डौ। शुक्रवारबाट प्रदर्शनमा आएको यस वर्षको प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकहरुको राम्रो साथ पाएको छ । जति चर्चा अहिले चलचित्रको गीतसंगीतको छ त्यति नै तारिफ फिल्म हेरेपछि दर्शकहरुले पल र पूजाको जोडीको गरेका छन् ।

प्रदर्शनको पहिलो दिन बम्पर ओपनिङ गरेको चलचित्रले दोस्रो दिन शनिवार पनि मल्टिप्लेक्स र सिंगल हल सबैतिर दर्शकको राम्रो साथ पाएको छ । निर्माता एवं निर्देशक सुदर्शन थापाले शनिवार पनि चलचित्र सबैतिर हाउसफूल रहेको बताए ।

प्रदर्शनको पहिलो दिनदेखि हल-हलमा पुगेर पल र पूजाले दर्शकको प्रतिक्रिया लिइरहेका छन् । हलमा पुगेका पल र पूजालाई सयौं दर्शकहरुले घेर्दै सेल्फी खिच्न भ्याए भने पललाई देख्दा यूवतीका आँखा रसाएका थिए । पूजा पनि चलचित्रबाट पाएका प्रतिक्रियाबाट खुशी देखिन्थिइन् ।

पल भन्छन्, ‘मैले सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया पाएको छु । मेरो अभिनयलाई दर्शकहरुले रुचाइदिनु भएको छ । मसँग खुशी व्यक्त गर्ने शब्द नै छैन ।’ यस्तै, नायिका पूजा शर्मा ‘प्रेमगीत’भन्दा पनि ‘म यस्तो गीत गाउँछु’ राम्रो भन्ने दर्शकहरुबाट पाएको प्रतिक्रियाले फुरुङ्ग थिइन् ।

सुदर्शन थापा निर्देशित यो चलचित्रले प्रेमको कथा भन्छ । चलचित्रमा पल र पूजाका अलावा सरोज खनाल, रुपा राना, नविन मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu