बालबालिकाको लागि ‘लोफर’को बाटो खुल्ला



aaryan-loaferठुलोपर्दा डटकम, काठमाण्डौ। मंसिर २१ मा रिलिज हुन लागेको नेपाली चलचित्र ‘लोफर’ युनिभर्सल प्रमाणित भएको छ, जसकारण १६ बर्ष मुनिका बालबालिकाको लागि पनि हेर्नयोग्य बनेको छ। चलचित्रमा समावेश कुनै पनि दृश्य तथा संवाद आपत्तीजनक र डरलाग्दा नभएकोले ‘यू’ प्रमाणपत्र पाइएको निर्देशक आदित्य बिक्रम लम्सालले बताए।

द्वन्द्वात्मक प्रेमकथा र कमेडी समेटिएको ‘लोफर’का कार्यकारी निर्माता छवि ओझा हुन्। निर्देशक र नायिका रजनी केसीले डेब्यू गरेको यो चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल ‘क्षेत्री’, रजनी केसी लगायतका कलाकारको अभिनय रहेको छ।

सोनाल सापकोटाको संगीत, मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu