‘ए मेरो हजुर २’ ट्रेलर रिलीज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ १६ गतेबाट अलनेपाल रिलिज हुने यो चलचित्रको ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-नायक सलिनमान बनिया बिचको प्रेम र विछोडको कथा देखिन्छ । ट्रेलरमा चलचित्रको मेकिङ उच्च देखिन्छ । यस्तै, लोकेशन पनि लोभलाग्दो छ ।

नायिका झरना थापाको निर्देशन रहेको यस फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले लेखेका हुन् । बसन्त सापकोटा र कल्याण सिंहको संगीत, बनिश शाहको सम्पादन रहेको चलचित्रका छायाँकार सञ्जय लामा हुन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu