दीपाश्रीले पाईन पति, बहिनीले पाईन भिनाजु (भिडियो)



काठमाण्डौ। यसपालीको तीज बिशेष हुने भएको छ । १६ करोड बढिको व्यापार गर्न सफल चलचित्र ‘छक्का पञ्जा’की निर्देशक तथा हाँस्य कलाकार दीपाश्री निरौलाकी बहिनी रनुले भिनाजु पाएकी छिन् ।

‘बहिनीको भिनाजु’ बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ । भिनाजु बनेका छन् नायक सञ्जोग कोईराला । गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेकी छिन् ।

गीतमा दीपाले सञ्जोगलाई सिधै आफ्नो श्रीमान नभनेर ‘नन्दको दाजु, बहिनीको भिनाजु’ भनेकी छन् । प्रशान्त पौडेकको लय तथा शब्दमा रहेको गीतलाई शोभा थापाले गाएकी छन् ।

दीपाश्रीलाई बेहुली र सञ्जोगलाई बेहुला बनाईएको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । छायाँकार बासु बराल हुन् भने सम्पादक मिलन बिक हुन् । गीतको अडियो भिडियोलाई बिशेस फिल्मसले ब्याबस्थापन गरेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu