रेखा र निखिल दश बर्षपछि एकसाथ देखिँदा (फोटो फिचर)



काठमाण्डौ। कसैले पनि कल्पना नगरेको घटनालाई नायिका रेखा थापा र नायक निखिल उप्रेतीले अँगालो मार्दै समापन गरेका छन् । बुधवार काठमाण्डौ, गोंगवुको विजी मलमा रहेको बिएसआर मुभिजमा आयोजित निखिलको चलचित्र ‘रुद्र’को प्रिमियरमा एक अचम्म लाग्दि दृश्य देखियो ।

कलाकारहरु रमेश उप्रेती, आकाश अधिकारी, सञ्चिता लुईँटेल लगायतका चलचित्रकर्मीदेखि पत्रकारहरुको प्रिमियरमा बाक्लो उपस्थिती थियो । यस्तैमा नायिका रेखा थापा पनि टुप्लुक्कै देखा परिन् । नायिका रेखा थापा ‘रुद्र’ प्रिमियरमा पुग्दा मिडियाका क्यामेराहरु उतै तेर्सिए ।

विएसआर सिनेमा हलको आँगनमै रेखालाई स्वागत गर्न नायक निखिल उप्रेती लिफ्टको छेवैमा पुगे । त्यसपछि त मिडियाको क्यामेरा अगाडि ढपक्कै ढाकिए रेखा र निखिल । झण्डै १० वर्षपछि रेखा र निखिललाई मिडियाले यसरी एकसाथ क्यामेरामा कैद गर्न पाएका थिए ।

‘आखिर के कारणले तपाईहरुको सम्बन्ध विग्रिएको थियो ?’ सञ्चारकर्मीको यस्तो प्रश्नमा निखिलले भने, ‘हाम्रो सम्बन्ध कहिले विग्रिएको नै थिएन । मिडियामा मात्र हाम्रो सम्बन्ध विग्रिएको खबर आएको हो । हाम्रो त प्रायः भेटघाट भइरहन्छ ।’ निखिलको उत्तर लगत्तै रेखाले भनिन्, ‘निखिल दाईसँग म कहिले रिसाएको थिइन । हाम्रो सम्बन्ध दाई र बहिनीको जस्तो छ । मिडियामा मात्र हाम्रो सम्बन्ध विग्रिएको खबरहरु आएका हुन् तर हामीबिचमा पहिला जस्तो सम्बन्ध थियो अहिले पनि उस्तै छ ।’

त्यसो भए किन यत्रो वर्ष एकसाथ देखिनु भएन ? पत्रकारको प्रश्नको गतिलो उत्तर फकाउँदै निखिलले भने, ‘हामीले भेट गरेको बेला तपाईहरु हुनुहुन्न थियो । त्यसैले हामीबिचको भेटघाट मिडियामा आएन ।’

फोटो: बिबेक बश्याल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu