राजनराजको संगीतमा आयो ‘रुद्रप्रिया’को गीत



काठमाण्डौ। कार्तिक २ गतेदेखि प्रदर्शनमा आउने रेखा थापाको चलचित्र रुद्रप्रियाको अडियो गीत रिलिज भएको छ । सार्वजनिक रुमाल चिनो देउ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ ।

गीतमा गायक तथा संगीतकार सिवाकोटीकै शब्द र राजन इशानको एरेञ्ज रहेको छ । रेखा थापा र आर्यन सिग्देलको मूख्य भूमिका रहेको चलचित्र रुद्रप्रियालाई संदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् भने निर्माता सरस्वती थापा र रमेश एमके पौडेल हुन् ।

सञ्जय लामाको छायांकन रहेको चलचित्रका अन्य गीतमा सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ ।

अडियो गीत सुन्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu