​कान्तिपुर फिल्म एकडेमिलाई थाईल्याण्डमा अवार्ड



थाईल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टीवलमा यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसनको अवार्ड जितेको छ ।
थाइल्याण्ड सरकारले अन्तराष्ट्रिय चलचित्रको लागी छायांकनको गन्तब्यबनाउने उदेश्यले हरेक बर्ष आयोजना  गर्ने यस फेस्टीबलमा यस बर्ष १४ वटा देशका ३३ वटा चलचित्रहरु प्रतिस्पर्धा मा थिए । 

विश्व भरिका फिल्म स्कुल र कलेजहरु बाट मात्रै सहभागी हुन पाउने उक्त प्रतिस्पर्धामा यस बर्ष नेपालबाट ओस्कर ईन्टरनेश्नलकलेजबाट ३ वटा र कान्तिपुर फिल्म एकेडेमीबाट एउटा गरी ४ वटा फिल्म प्रतिष्पर्धामा गएका थिए । जसमा कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु अशिन पौडेल र रोनिस राउतले बनाएको ७ मिनेट लामो चलचित्र‘लस्ट एण्ड फाउण्ड’ ले उक्त अवार्ड हात पार्न सफल भएको हो । 

यही जुलाई २७ तारिखको दिन थाईल्याण्डको बैंकक शहरमा आयोजीत उक्त फेस्टीवलमा नेपालसँगै मेक्सीकोको ‘ईफ आई वेर ब्रेभ’ले बेस्ट फिल्मको अवार्ड जितेको थियो । उक्त अवार्ड मा थाईल्याण्डका पर्यटन मन्त्रि, सैनिक प्रमुख तथा थाइल्याण्ड  सरकारका उच्च पदस्थ अधिकारीहरु र थाईल्याण्ड लगायत विश्व चलचित्र क्षेत्रका प्रख्यात चलचित्रकर्मीहरु को उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu