विद्यार्थीमाझ यसरी घेरिए आशिरमान



काठमाण्डौ। नव-नायक आशिरमान देशराज श्रेष्ठ अभिनित फिल्म ‘ग्याङस्टार ब्लुज’ भाद्र २ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि आशिरमानलाई न कुनै म्यूजिक भिडियो न त फिल्ममा नै देखिएको थियो । नेपाली फिल्ममा आशिरमान नयाँ अनुहार हुन् । ‘ग्याङस्टार ब्लुज’ उनको डेब्यू फिल्म हो ।

तर, अहिले बजारमा उनको क्रेज देख्दा आशिरमान नयाँ अनुहार लाग्दैन । डेब्यू फिल्म प्रदर्शनमा आउनु अगाडि नै आशिरमानको क्रेज नेपाली फिल्म स्टारको भन्दा कम छैन । पहिलो फिल्म रिलिज अगाडि नै आशिरमानको क्रेज विद्यार्थीमाझ पनि गज्जबको छ । वुधबार काठमाडौंको प्रज्ञा भवनमा एक विद्यालयको कार्यक्रममा आशिरमान पनि उपस्थित थिए । सयौं विद्यार्थीमाझ आशिरमान यसरी घेरिए कि उक्त भिडबाट उनलाई छुटाउन विद्यालयको सेक्यूरिटी गार्डलाई नै हाम्मे-हाम्मे पर्‍यो ।

डेव्यू फिल्म रिलिज अगाडि नै आशिरमानका यूवती फ्यानहरु धेरै छन् । आशिरमानको विद्यार्थीमाझ आशलाग्दो क्रेज देखेपछि फिल्मका निर्माता सरोज न्यौपानेले भने, ‘म आफै अचम्ममा परेको छु । पहिलो फिल्म रिलिज नहुँदै आशिरमानको क्रेज युवापुस्तामाझ लोभलाग्दो छ । यो नेपालमा सायदै पहिलो पटक होला ।’

फिल्मको ट्रेलर र गीतसंगीत रिलिज भैसकेका कारण पनि आशिरमानको क्रेज दिन प्रतिदिन बढ्दै गएको छ । आशिरमानलाई पहिलो फिल्म रिलिज अगाडि नै अहिले नेपाली फिल्ममा संभावना बोकेको नायकको रुपमा हेरिन थालिएको छ ।

‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’ फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’ निर्देशन गरेका हुन् ।

‘ग्याङस्टार ब्लुज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu