‘छक्का पन्जा २’ को पोस्टर सार्वजनिक



काठमाण्डौ। नेपाली चलचित्र ‘छक्का पञ्जा २’को पोस्टर सार्वजनिक भएको छ । यो चलचित्र गत वर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’को सिक्वेल हो ।

मित्रता दिवसको अवसर पारेर पहिलो सामग्री स्वरुप पोष्टर सार्वजनिक गरिएको हो । पोस्टरमा मुख्य कलाकारहरुको अटेका छन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

‘छक्का पञ्जा २’का कार्यकारी निर्माता विकास आचार्य हुन् । पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu