‘भूइँमान्छे’को कविता प्रतियोगिता



काठमाण्डौ। रिलिज नजिकिदै गर्दा नेपाली चलचित्र ‘भुइँ मान्छे’ युनिटले राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ । गत शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले निष्पक्ष मिडिया प्रा.लि., संसार पाक्षिक, साहित्यकार खेलकुद समाज नेपालको संयुक्त आयोजनामा कविता प्रतियोगिता गरेको छ ।

देशभरबाट प्राप्त ८० कविता मध्य छनोट भएका ३५ कवितालाई कार्यक्रममा वाचन गरिएको थियो । नुवाकोटका कवि कृष्ण मोक्तानको कविता प्रथम, सोलुखुम्बका कवि गणेशप्रसाद खतिवडाको कविता द्वितीय र काभ्रेकी कवियत्री यशोदा अधिकारी, काठमाडौंका कविहरु क्रमशः प्रकाश बस्नेत गफाडी र गोविन्द नेपालको कविता तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो । यिनलाई नगदका साथै प्रमाणपत्र वितरण गरिएको थियो ।

देशै भरिबाट प्राप्तभएको कवितालाई सहित्यकारहरु हेमनाथ पौडेल, ध्रुब भट्टराई, गीता त्रिपाठीको निर्णायक मण्डलले छनौट गरेको थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती प्रमुख अतिथि रहनु भएको कार्यक्रमको सभापतिमा कार्यकारी निर्माता रोहिणी भट्टराई रहनु भएको थियो । प्रमुख अतिथि कुलपति उप्रेतीले पहिलो पटक फिल्मले साहित्यिक कार्यक्रम गरेको भन्दै धन्यवाद दिएका थिए । साथै उनले फिल्मलाई सफलताको शुभकामना पनि दिए । कार्यक्रममा निर्माता भट्टराईसंगै कलाकार रमेश बुढाथोकी र निर्देशक नवराज बुढाथोकी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu