यस्तो छ ‘छक्का पञ्जा २’को दोश्रो गीत (भिडियो)



काठमाण्डौ। असोज ११ मा रिलीज हुने नेपाली चलचित्र ‘छक्का पञ्जा २’को दोश्रो गीत छायांकन भईरहेको छ ।

उत्तम सञ्जेलको शब्द/संगीतमा हरिवंश आचार्य र आस्था राउतको स्वरमा रहेको ‘तिमी त्यो किनारमा, म यो किनारमा’ बोलको यस गीतमा नायिका प्रियंका कार्की र हाँस्यकलाकार विल्सन बिक्रम राईको नृत्य छायांकन भईरहेको छ ।

गीत छायांकन स्थल काठमाण्डौको मुलपानी चौरमा हामी पुग्दा पाल्पाली ढाका महोत्सव लेखिएका ब्यानरहरु तथा ढाकाका कपडाले चौर सजाईएको थियो भने केहि युवा-युवतीले ढाकाको पहिरनमा नाचिरहेका थिए । त्यहिँ बीचमा नायिका प्रियंका कार्की र कलाकार विल्सन बिक्रम राईले नृत्य गरिरहेका थिए । विल्सन यो गीतमा मात्र देखिनेछन् । यहि गीतमा अर्का कलाकार दीपक राज गीरी र बुद्दि तामाङ् ‘हैट’ पनि देखिनेछन् ।

दीपाश्री निरौलाले निर्देशन गरिरहेको ‘छक्का पञ्जा २’को यस गीतलाई कबिराज गहतराजले कोरियोग्राफी गरेका छन् भने पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् । यो गीतको भिडियो भदौको पहिलो हप्ता रिलीज गरिने बताईएको छ ।

हेर्नुहोस् शुटिङ् रिपोर्ट:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu