दीपाश्रीले बाढीपीडितलाई आर्थीक सहयोग गर्दै, कलाकर्मीद्वारा सहयोग अपिल



काठमाण्डौ। बाढी पीडितको लागि हाँस्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाले आर्थीक सहयोग गर्ने भएकी छिन् । बाढीले अति प्रभावित क्षेत्र विराटनगरकी निरौलाले व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गर्ने भएकी हुन् ।

उनले मोरङ समाज मार्फत बाढी प्रभावितको लागि रकम हस्तान्तरण गर्न लागेकी हुन् । चलचित्र ‘छक्का पञ्जा २’ निर्देशक दीपाले यो सानो सहयोग सहयोगको सुरुवात भएको बताएकी छिन् । उनले भनेकी छन्, ‘सबैबाट सानो सानो सहयोग भयो भने ठुलो बन्नेछ’ ।

साथै, कलाकार तथा निर्माता निर्मल शर्माले पनि दश हजार सहयोग गर्ने भएका छन् । शर्माले सामाजिक सञ्जाल मार्फत बाढी प्रभावितमा सहयोगमा जुट्न आह्वान समेत गरेका छन् । नेपाली कलाकर्मीले प्राकृतिक विपदको बेला दुःख व्यक्त गरेका छन् । उनिहरुले सहयोगको लागी अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu