प्रज्ञा प्रतिष्ठानका कुलपतिले १६ बर्षपछि हेरे चलचित्र, ‘भूईँमान्छे’को तारिफ



काठमाण्डौ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले १६ बर्षपछि चलचित्र हेरेका छन् । उनले शुक्रबारदेखी प्रदर्शनमा आएको फिल्म ‘भूईँमान्छे’ हेरेका हुन् ।

आफ्नो परिवार सहित कुलपति उप्रेती शनिवार साँझ सिभिल मल स्थित क्युएफएक्समा चलचित्र हेर्न पुगेका थिए । उनिसँगै कलाकार सन्तोष पन्तले पनि फिल्म हेरेका थिए । सन् २००१ मा चलचित्र ‘पन्छी’ हेरेका उप्रेतीले १६ बर्षपछि ‘भूईँमान्छे’ हेरेका हुन् ।

चलचित्र हेरेपछि उप्रेतीले आफुलाई ट्रेलरले नै आकर्षित गरेर फिल्म हेर्न आएको बताए । ‘समय छुट्याएर झन्डै १५ वर्ष पछी म फिल्म हेर्न आएको थिएँ, त्यसको सदुपयोग नै भयो । नेपाली फिल्म बन्ने शैली मात्र फेरिएको रहेनछ, नयाँ विषयवस्तु पनि हेर्न पाइयो । फिल्मले दर्शाउने मनोविज्ञानबाट हामीले केहि सिक्नु पर्छ जस्तो लाग्छ र ति व्यक्तिको पेशालाई पनि हामीले सम्मान गर्न सक्नु पर्छ’ उप्रेतीले बताए ।

नवराज बुढाथोकीको लेखन तथा निर्देशन रहेको फिल्म भूईँमान्छे’ पोष्टमार्टमका लागि ल्याइने शव चिर्ने व्यक्तिको जीवनीमा आधारित छ । रोहिणी भट्टराईको निर्माण रहेको यस फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सहिन प्रजापति लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu