हलीउडमा काम गरेकी शिल्पा रोहितको चलचित्रमा



काठमाण्डौ। निर्माता रोहित अधिकारीको नयाँ चलचित्र ‘ब्रेकअप’का लागि नायिका फाइनल भएकी छन् । हेमराज वीसीले निर्देशन गर्न लागेको यो चलचित्रमा नायक आशिरमान देशराज पहिले नै फाइनल भैसकेका छन् । रोहितले आशिरमानको जोडीको रुपमा नव-नायिका शिल्पा मास्केलाइ फाइनल गरेका छन् ।

शिल्पाले एक हलिउड चलचित्रमा समेत काम गरेकी छिन् । चलचित्र ‘गाजलु’ निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा सफल निर्माताको रुपमा स्थान बनाइसकेका रोहितको दोश्रो चलचित्र ‘ब्रेकअप’ निर्माण अगाडि नै चर्चामा छ ।

निर्माता अधिकारीले भने-‘गाजलु’ पछि दर्शकले हामीबाट निकै राम्रो चलचित्रको अपेक्षा गर्नुभएको छ । ‘ब्रेकअप’ निर्माणमा कुनै कमजोरी हुन दिदैनौ ।’ चलचित्रलाइ नेपालका रमणिय स्थानसहित लण्डनमा छायांकन गरिने निर्माणपक्षले बताएको छ । रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को प्रस्तुतीमा बन्न लागेको चलचित्रमा रोहित अधिकारी, रुपक थापा, दिपक खतिवडाको लगानी रहनेछ ।

चलचित्रको छायांकन भदौको अन्तिमबाट गरिने बताइएको छ । लभ स्टोरी कथामा निर्माण हुन लागेको यो चलचित्रलाइ यसैबर्ष प्रदर्शन गर्ने रोहितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu