‘जोनी जेन्टलम्यान’को तेस्रो गीत रिलिज (भिडियो)



काठमाण्डौ। भाद्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘जोनी जेन्टलम्यान’को तेस्रो गीत रिलिज भएको छ । 

राजधानीमा एक कार्यक्रमका बिच फिल्ममा समावेश ‘जब जब तिम्रो साथ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको छ भने अर्जुन पाखरेलको शब्द-संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा पल शाह र आँचल शर्मा फिचरिङ छन् ।

फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । 

नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu