यस्तो छ ‘ए मेरो हजुर २’, प्रिमियर पछि अतिथीको प्रतिक्रिया (भिडियो)



काठमाण्डौ। नायिका झरना थापाको पहिलो निर्देशनमा बनेको नेपाली चलचित्र ‘ए मेरो हजुर २’को बिहिवार साँझ राजधानीमा भव्य प्रिमियर भएको छ ।

प्रिमियरमा चलचित्र यूनिट, चलचित्रकर्मीहरु, सञ्चारकर्मीहरु तथा अन्य अतिथीको बाक्लो उपस्थिती थियो । बहुप्रतिक्षित यो चलचित्र हेर्न उत्सुक अतिथीले प्रिमियर पश्चात आफ्नो धारणा राखेका छन् । जुन धारणा हामीले भिडियो मार्फत तपाईँसामु देखाउन गईरहेका छौँ ।

किशोर-किशोरीको प्रेमयात्रा यो चलचित्रमा देख्न पाईन्छ । साथमा, पर्यटकिय क्षेत्र मनाङ्का सुन्दर दृश्यहरु तथा जानकारी समेत यो चलचित्रमा पाईन्छ । चलचित्रमा रहेका सबै कलाकारको काम निकै तारिफयोग्य रहेको छ । नव-नायक सलिनमान बनियाले पनि उत्कृष्ट काम गरेका छन् ।

चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, विल्सन बिक्रम राई, अनुराग मान सिंह कुँवर लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले लेखेका हुन् । बसन्त सापकोटा र कल्याण सिंहको संगीत, बनिश शाहको सम्पादन रहेको चलचित्रका छायाँकार सञ्जय लामा हुन् ।

भिडियोमा हेर्नुहोस् अतिथीको प्रतिक्रिया:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu