‘ए मेरो हजुर २’को पहिलो दिनको कलेक्शन कति ?



काठमाण्डौ। शुक्रबार रिलीज भएको नेपाली चलचित्र ‘ए मेरो हजुर २’ रिलीजको पहिलो दिन देशैभर सुखद व्यापार गरेको बताईएको छ ।

प्रिमियरबाट सुखद प्रतिक्रिया पाएको ‘ए मेरो हजुर २’ले दर्शकको साथ पनि गतिलै पाएको छ । ‘प्रमिश लभस्टोरी’लाई ‘सेफल्याण्डिङ्ग’ गरिएको यो चलचित्रले पहिलो दिन कूल ७८ लाख ८ हजार ७१ रुपैयाँ ग्रस कलेक्शन गरेको बताईएको छ ।

उपत्यका भित्रबाट कुल ४५ लाख ५० हजारको कलेक्सन गरेको चलचित्रले मोफसलबाट ३३ लाख २१ हजार कलेक्शन गरेको वितरकहरुले बताएका छन् । शनिवार सार्वजनिक विदा भएका कारण सिंगल र मल्टिप्लेक्समा विहानैदेखि दर्शकको भिड छ । मल्टिप्लेक्सका शनिवार बिहानका प्राय: शो शुक्रवार बेलुका नै ‘शोल्ड आउट’ भईसकेका थिए । राजधानीका गोपीकृष्ण मुभीज र अष्टनारायण हलका ४ वटा पर्दामा बिहानकै शोमा दर्शक भरिभराउ छन् । गुण, गंगा, कलंकीमा पनि ‘ए मेरो हजुर २’ हेर्ने दर्शकको उपस्थिती गज्जबको छ ।

साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बनिया, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी छन् । सुनिल कुमार थापा चलचित्रका निर्माता हुन् ।

चलचित्रमा दुई युवा-युवतीको बाल्यकाल र किशोरअवस्थाको प्रेम पाईन्छ । उत्कृष्ट मेकिङ्ग, शानदार गीत-संगीत तथा आनन्ददायक प्रेमकथाले चलचित्रलाई सुन्दर बनाएको छ ।

यसअघि पहिलो चलचित्र ‘ड्रिम्स’मा अनमोल केसीसँग अभिनय गरेकी साम्राज्ञीले यसपटक नयाँ अनुसार सलिनसँग अभिनय गरिन् । ‘ड्रिम्स’बाट साम्राज्ञीले जति राम्रो चर्चा कमाईन त्यो चर्चामा ‘ए मेरो हजुर २’ले थप घ्यू थप्ने आशा गरिएको छ । नव-नायक सलिनमान बनियाले पनि तारिफ बटुलेका छन् । लुक्सबाट चर्चामा रहेका सलिनले आफ्नो भूमिकालाई न्याय गर्न सफल छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu