म त साँच्चिकै ‘बोल्ड’ छु : रजनी



rajaniसञ्चारमाध्यममा यतिबेला नव-नायिका रजनी केसीको व्यापक चर्चा छ। दर्जनौँ नेपाली कलाकार तथा निर्देशकलाई ब्रेक दिएर चलचित्रको करियर सुदृढ बनाउने कलाले भरिपुर्ण छविराज ओझाको चलचित्रबाट डेब्यू गरेकी हुनाले रजनीको अधिक चर्चा भएको हो। एउटा विज्ञापनमा काम गरेपछि उनले ‘लोफर’बाट चलचित्रमा पाईला चालेकी छिन्। नव-नायिका रजनी केसीसँग ठुलोपर्दा डटकमका जिवन पराजुलीले गरेको कुराकानीको संपादित अंशः

‘लोफर’ भित्र तपाईँ के हो ?
– म बाट कथा सुरु भएर म बाट नै अन्त्य हुन्छ। म कथाको अन्त्य हुँ। म एकदमै खुशी छु यो चलचित्रबाट।

तपाईँको भनाईमा ‘लोफर’ के हो ?
– कुनै भर ठेगान नहुने को एउटा जमात हो लोफर, जसको खाने, बस्ने, हिड्ने तालिका हुँदैन।

यो चलचित्रमा कसरी आईपुग्नुभयो ?
– खासमा चाहिँ यसअघिको चलचित्र ‘हमेशा’मा नै आईसकेकी थिएँ। राम्रो ब्यानरबाट चलचित्रमा आउँ बनेर निर्माता छवि ओझासँग सल्लाह लिन आएकी थिएँ। त्यो बेला मेरो पढाईको कारणले लोफरसम्म पर्खिएँ।
rajani1
‘लोफर’ले दर्शकलाई के दिन्छ ?|
– यो मनोरञ्जनको प्याकेज हो। यसले शिक्षा पनि दिन्छ। छवि ओझाले बनाएको चलचित्रमा केहि न केहि नयाँ त अवश्य हुन्छ, ढुक्क भएर हलसम्म आउनुहोस्। यो चलचित्रमा थिएटर र मुलधारका कलाकारलाई सँगै काम गराईएको छ। सबै उमेर समूहको लागि बनाईएको चलचित्र हो। आर्यन सिग्देल, दयाहाङ् राई जस्ता अब्बल कलाकारको अभिनय छ। निर्देशक आदित्य विक्रम लम्साल आँफैमा ट्यालेन्ट हुनुहुन्छ। समग्रमा भन्नुपर्दा ‘लोफर’ आम नेपालीले मन पराउने गरि बनाईएको छ।

सिनेमामा कत्तिको खुल्नुभा’को छ ?
– म रियलमा पनि ‘बोल्ड’ छु, चलचित्रमा पनि त्यस्तै छु। ग्ल्यामरस या भल्गर भन्दा पनि ‘बोल्ड क्यारेक्टर’ छु।

‘रियल लाईफ’मा ‘बोल्ड’ छु भन्नुको मतलब ?
– त्यसको मतलब म भल्गर छु होईन, ‘ग्ल्यामरस एसेप्ट’ गर्छु। ग्ल्यामरको मतबल लवाई, हिँडाई, बोलाईमा भर पर्ने कुरा हो। यो कुरामा म ‘बोल्ड’ छु’

अन्त्यमा ?
– चलचित्र ‘लोपर’ मंसिर २१ बाट रिलिज हुँदैछ। यो मेरो पहिलो चलचित्र हो। आफ्नो परिवारसँग हेर्न मिल्ने सभ्य चलचित्र बनेको छ। मल्टिप्लेक्स देखी सिंगल हल सम्म जहाँ पनि यो चलचित्र प्रदर्शन हुँदैछ। एकपटक हेर्नुहोस्, लोफर के रहेछ थाहा पाउनुहुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu