सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को नेम सिक्वेल चलचित्र ‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा ज्योतिषीको समय अनुसार फिल्म ‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक गरिएको हो ।
यो चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।
पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।
ट्रेलर: