‘ए मेरो हजुर २’को पहिलो हप्ताको व्यापार कति ?



काठमाण्डौ। गत साता रिलीज भएको नेपाली चलचित्र ‘ए मेरो हजुर २’ले पहिलो हप्ता करिब पाँच करोड ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको पहिलो दिनदेखि आक्रामक कलेक्सन गरेको चलचित्र दोस्रो हप्तामा पनि उत्तिकै उत्साहका साथ चलिरहेको छ ।

यो चलचित्रको तीन दिने विकेन्ड कलेक्सन ३ करोड ४३ लाख ४१ हजार थियो । यस्तै, बाँकी चार दिनमा फिल्मले देशभरबाट कूल १ करोड ५९ लाख ४३ हजार कलेक्सन गरेको छ ।

प्रदर्शनको तीन दिनमा नै लगानी सुरक्षित गरेको चलचित्रले एकहप्तामा कूल ५ करोड २ लाख ८४ हजार ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् । यो साता रिलीज भएको चलचित्र ‘दुई रुपैयाँ’को कारण ‘ए मेरो हजुर २’का केहि शो कटौती भएका छन् ।

झरना थापा निर्देशित यो फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu