​रेखा र आर्यनको रोमान्टिक मुड



 कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने रेखा थापाको रुद्रप्रियाको प्रोमो सोमबार साँझ साढे चार बजे रिलिज हुँदैछ । ट्रेलर रिलिज पुर्व रेखा भने नायक आर्यन सिग्देलसँग रोमान्टिक देखिएकी छिन् । गुलाफको पत्तासँग रेखा र आर्यन रोमान्टिक मुड लोभलाग्दो छ । आखिर किन रेखा र आर्यन यति धेरै रोमान्टिक छन् त ? 

रेखा र आर्यनको यो रोमान्टिक दृश्य फिल्म रुद्रप्रियाकै लागि हो । अर्जुन पोखरेलको संगीत रहेको गीतको हात छायाँकन भैरहेको छ । गीतको भिडियो निकै नै राम्रो बनेको रेखाको भनाई छ । भिडियोलाई प्रविण सिंहले निर्देशन गरिरहेका छन् । रुद्रप्रिया बाटै प्रविण कोरियोग्राफरमा डेव्यु भएका हुन् । उनले कोरियोग्राफी गरेको फिल्म चिरविरी चाँचरीलाई रुचाइएको छ ।  

फिल्म रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंह निर्देशन गरेका हुन् । फिल्ममा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ । सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको फिल्मलाई संजय लामाले खिचेका हुन् । रेखा र आर्यन झण्डै ८ वर्षपछि पर्दामा एकसाथ फर्किएका कारण पनि रुद्रप्रियाको प्रतिक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu