‘सकस’ ट्रेलर सार्वजनिक (भिडियो)



काठमाण्डौ। एनवी महर्जनले निर्देशन गरेको नेपाली चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, बदलाको कथा देखाइएको छ । रहरले होइन बाध्यताले डन बनेको कथा चलचित्रमा छ ।

सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागीको लगानीमा निर्माण भएको यो फिल्मको प्रदर्शन मिति कात्तिक २४ गतेलाई लक गरिएको छ । निर्देशक एनवी महर्जनले फिल्मको विषयमा जानकारी दिँदै भने, ‘‘सकस’लाई निकै मिहिनेत गरेर निर्माण गरेका छौ । फिल्मले युवाको जोश बोल्छ ।’ उनले दर्जनौ फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेको अनुभवलाई ‘सकस’मा उतारेको बताए ।

फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, सुनिल दत्त पाण्डे लगायतका कलाकारहरुको मुख्य भूमिका छ । मौनता श्रेष्ठको कथामा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द्व, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायांकन रहेको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu